शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोप–२८ सम्मेलन : प्रचण्डले आज सम्बोधन गर्दै

कोप–२८ सम्मेलन : प्रचण्डले आज सम्बोधन गर्दै

नागरिक पाटी

१६, मंसिर २०८०
  • 4.9K
    SHARES
  • कोप–२८ सम्मेलन : प्रचण्डले आज सम्बोधन गर्दै

    काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी वार्षिक राष्ट्रसंघीय सम्मेलन (कोप–२८) लाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संबोधन गर्दै छन् । बिहीबारदेखि यूएईमा सुरु भएको सम्मेलनलाई प्रचण्डले आज संबोधन गर्न लागेका हुन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड हिजो र आज ‘विश्व जलवायु शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा सहभागी हुने पूर्वनिर्धारित कार्यक्रम थियो ।

    images
    images

    प्रधानमन्त्रीले आज जलवायु परिवर्तनका प्रभावबारे नेपालको आवाज उठाउनाका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय मुलुकका पेचिला विषयलाई प्रवर्द्धन गर्न ‘पर्वतको आह्वानः जलवायु संकटबाट हामीलाई कसले जोगाउँछ ?’ शीर्षकमा उच्चस्तरीय छलफल आयोजना गर्दै छन् ।


    कोप–२८ धनी तथा विकसित मुलुकले नेपालजस्ता अतिकम विकसित राष्ट्रको विश्वास आर्जन गर्न कस्ता वाचा गर्नेछन् र त्यसका लागि कति प्रभावकारी जलवायु कूटनीति प्रदर्शन हुने हो त्यो अबका केही दिनमा देखिनेछ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १६, २०८० शनिवार - ०८:४१:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology