शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

जेनी थिङ तामाङलाई गायन प्रतियोगिता नेशनल भ्वाइसको उपाधि

जेनी थिङ तामाङलाई गायन प्रतियोगिता नेशनल भ्वाइसको उपाधि

नागरिक पाटी

१२, पौष २०८०
  • 15.4K
    SHARES
  • जेनी थिङ तामाङलाई गायन प्रतियोगिता नेशनल भ्वाइसको उपाधि

    काठमाडौँ । शान्ति इन्टरटेन्टमेन्टले आयोजना गरेको गायन प्रतियोगिता नेशनल भ्वाइसको उपाधि जेनी थिङ तामाङले उचालेकी छिन्। काठमाडौँमा सम्पन्न फाइनल कार्यक्रममा फाइनलिस्ट १० प्रतियोगीमा थिङले उपाधि जितेकी हुन्। त्यस्तै अर्पण बि.क. द्वितीय र राज राई तृतीय भएका छन्। प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुनेहरुलाई ट्रफी र सम्मानपत्रबाट सम्मान गरिएको थियो।

    images
    images

    प्रतियोगितामा निर्णायकहरु वरिष्ठ निर्देशक तथा गीतकार मीन सागर लामा,वरिष्ठ संगीत संयोजक राजु खड्का, गायक उत्सब सुब्बा लामा, गायिका सीता के.सी., गायक जि पून (जीत बहादुर पुर्जा पून), गायक रेशम कुमार विश्वकर्मा, गायक भिम बहादुर मगर,साउन्ड इन्जिनियर गोविन्द सोनी र गायक कृति मान तामाङ रहेका थिए।

    कार्यक्रमको प्रमुख अतिथिमा वरिष्ठ संगीत साधक तथा संगीत गुरु गुरुदेव कामत थिए भने विशिस्ठ अतिथिहरुमा चलचित्र निर्देशक उत्तम के.सी., नृत्य निर्देशक कमल राई,नृत्य निर्देशक राजु शाह, गीतकार डा.ओम कृष्ण प्रसाई र गायिका सब्बु के.सी.थिए।

    त्यस्तै कार्यक्रममा निर्देशक देब दोर्जे लामा,गायक प्रबिन राई,गायक माधव भन्डारी,मोडल बिजेन्द्रा नौबागे,गायक सन्दिप स्यामचेन,पत्रकार राजकुमार तामाङ,गायक टीका बम्जन,गायक अभिनय यादव,गायक सन्जोक योन्जन,गायक सोनाम योन्जन लामा,निर्देशक/कलाकार रेशम कुमार स्याउली तामाङ,वरिष्ठ साउन्ड इन्जिनियर डिका गुरुङ,मोडल सुरज लामा,पत्रकारहरु उत्तम श्रेष्ठ र अमृता श्रेष्ठ,गायक शैलाप वाइबा(पन्चमान तामाङ), राजेन्द्रप्रसाद कोईराला र रामचन्द्र भन्डारीलाई सम्मान गरिएको थियो।

    काठमाडौको ठमेलमा भएको कार्यक्रम वरिष्ठ संगीतकार शान्ति इन्टरटेन्टमेन्ट्का अध्यक्ष विकास चौधरीको सभापतित्वमा सम्पन्न भएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १२, २०८० बिहिवार - १२:३०:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology