काठमाडौँ महानगरपालिकामा निःशुल्क सिपमूलक तालिम लिनका लागि अहिलेसम्म ६८ हजार ८६६ जनाको आवेदन प्राप्त भएको छ। यसमध्ये ४३ हजार ५८ जनाले ‘सिप मेला’ बाट तालिम लिनका लागि आवेदन दिएका हुन्।
२०८१ जनालाई तालिम दिने, तालिम दिएकालाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ्’ उपलब्ध गराउने लक्ष्यसहित काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा १० क्षेत्रका ३० वटा पेशासँग सम्बन्धित निःशुल्क तालिमका लागि ‘सिप मेला’ कार्यक्रमका लागि आवेदन आव्हान गरेको थियो। तालिमका कक्षाहरु वैशाख १९ गतेदेखि निरन्तर जारी छ ।