शेयर बजार परिसूचक नेप्से आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक आज १५ दशमलव ७९ अङ्कले बढेको हो । आज हिजोको तुलनामा कारोबार रकम पनि बढेको छ । परिसूचक शून्य दशमलव ७३ प्रतिशतले बढेर दुई हजार एक सय ५२ दशमलव १४ विन्दुमा पुगेको हो ।
हिजो चार अर्ब ५६ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज पाँच अर्ब ५३ करोड ५९ लाख ५८ हजार बराबरको कारोबार भएको छ ।
आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्डका लगानीकर्ताले सर्वाधिक पाँच दशमलव ४७ प्रतिशत गुमाएका छन् । नेपाल फाइनान्सको सेयर ४ प्रतिशतले घटेको छ ।