शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । हिजो १५ अङ्कभन्दा धेरैले बढेको शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव २५ अङ्कले बढेर २ हजार १ सय ७५ दशमलव ४० विन्दुमा पुगेको छ ।
आज विकास बैंक बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रोफाइनान्स, होटल, उत्पादन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज ३ सय २२ वटा कम्पनीका १ करोड ५२ लाख कित्ता शेयर ५ अर्ब ७४ करोड रुपैयाँमा कारोबार भएको छ ।