शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विदेशी मुद्राको सञ्चिती अहिलेसम्मकै उच्च

विदेशी मुद्राको सञ्चिती अहिलेसम्मकै उच्च

  • 3.0K
    SHARES
  • विदेशी मुद्राको सञ्चिती अहिलेसम्मकै उच्च

    चालु आर्थिक वर्ष २०८०÷८१ को जेठ मसान्तसम्ममा आर्थिक तथा वित्तीय सूचकहरूको अवस्था सकारात्मक देखिएको छ । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्त स्थिति प्रतिवेदनअनुसार मुल्यवृद्धि सीमाभित्र देखिएको छ भने शोधनान्तर र चालुखाता बचतमा छन् ।

    images
    images

    त्यस्तै अर्थतन्त्रको बाह्य क्षेत्र पनि सन्तुलित देखिएको छ । विदेशी मुद्रा सञ्चिती र रेमिट्यान्स पनि बढेको छ । ११ महिनामा रेमिट्यान्स १९ दशमलव ३ प्रतिशतले बढेर १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । यस्तै, आयात एक दशमलव आठ, निर्यात तीन र कूल वस्तु व्यापार घाटा एक दशमलव सात प्रतिशतले घटेको छ ।साउनदेखि जेठसम्म चालु खाता दुई खर्ब ३९ करोड रुपैयाँले बचतमा रहेको छ भने शोधनान्तर स्थिति चार खर्ब २५ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको छ ।

    यस्तै, विदेशी मुद्राको सञ्चिती अहिलेसम्मकै धेरै रहेको छ । गएको असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको विदेशी विनिमय सञ्चिती जेठसम्म आइपुग्दा २७ दशमलव ८ प्रतिशतले बढेर १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २७, २०८१ बिहिवार - १२:२३:५९ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology