सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा एक हजार आठ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४६ हजार सात सय रुपैयाँमा कारोबार भएको हो ।यसअघि गएको आइतवार सुन अहिलेसम्मकै उच्च तोलामा एक लाख ४५ हजार चार सय रुपैयाँ कायम भएर रेकर्ड बनाएको थियो ।
त्यस्तै चाँदीको भाउ पनि आज १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको एक हजार नौ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।