सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ । सुन आज पाँच सय रुपैयाँले घटेर तोलाको एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी १५ रुपैयाँले घटेर तोलाको एक हजार आठ सय १५ रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ ।