शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रतिनिधि सभा निर्वाचनका लागि १२० दलले दिए निवेदन

प्रतिनिधि सभा निर्वाचनका लागि १२० दलले दिए निवेदन

नागरिक पाटी

१४, मंसिर २०८२
  • 3.1K
    SHARES
  • प्रतिनिधि सभा निर्वाचनका लागि १२० दलले दिए निवेदन

    नेपालको निर्वाचन आयोगले आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिनका लागि राजनीतिक दल दर्ता र एकल चुनाव चिह्न प्रयोग गर्न चाहने दलहरूबाट कुल १२० वटा निवेदन प्राप्त भएको जनाएको छ । आयोगले २०८२ मंसिर १४ गते जारी गरेको विज्ञप्ति अनुसार दल दर्ताको अवधि पनि सकिएको छ ।

    images
    images

    आयोगको यसअघिको मिति कात्तिक २८ को निर्णयानुसार दल दर्ताको प्रारम्भिक अवधि मंसिर १ गतेदेखि १० गतेसम्मका लागि तोकिएको थियो । पछि आयोगको मंसिर १० को निर्णयानुसार दल दर्ताको अवधि मंसिर १४ गतेसम्मका लागि थप गरिएको थियो ।

    थप गरिएको यो अवधिभित्र प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न र एकल चुनाव चिह्न प्रयोग गर्नका लागि जम्मा १२० वटा निवेदन प्राप्त भएका हुन् ।

    निर्वाचन आयोगले स्वीकृत कार्यतालिका अनुसार प्राप्त भएका यी निवेदनहरू उपर छानबिन गरी प्रचलित कानुनबमोजिम योग्यता पुगेका राजनीतिक दलहरूलाई २०८२ साल मंसिर २० गतेसम्ममा स्वीकृति प्रदान गरिने जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १४, २०८२ आइतवार - १९:४७:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology