शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विवाह बन्धनमा बाँधिदै रश्मिका र विजय

विवाह बन्धनमा बाँधिदै रश्मिका र विजय

नागरिक पाटी

१६, मंसिर २०८२
  • 4.3K
    SHARES
  • विवाह बन्धनमा बाँधिदै रश्मिका र विजय

    अभिनेत्री रश्मिका मन्दाना र अभिनेता विजय देवरकोन्डा यतिबेला आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन्। उनीहरूले इन्गेजमेन्ट गरिसकेको र आगामी वर्ष विवाह गर्ने हल्ला चलिरहेका बेला, उनीहरूको विवाह भारतको उदयपुरमा हुने खबर सार्वजनिक भएको छ।

    images
    images

    भेन्यू छनोट गर्न रश्मिका हालै उदयपुर पुगेकी थिइन्। हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार, रश्मिका उदयपुर पुगेर तीन दिनसम्म सम्भावित विवाह स्थलहरूको निरीक्षण गरेकी थिइन्। यद्यपि, उनले कुनै भेन्यू बुक गरेको बारेमा भने जानकारी आएको छैन।

    यसबिच इन्डिया टुडेले पनि विजयका एक निकट स्रोतलाई उद्धृत गर्दै यो जोडीले आगामी वर्ष विवाह गर्ने दाबी गरेको छ। विवाह साउथ इन्डियन र राजस्थानी दुवै रीतिरिवाजअनुसार हुनेछ, जसमा परिवारका सदस्य र नजिकका साथीहरू मात्र सहभागी हुनेछन्।हालै एम९ न्यूजले रश्मिका र विजयले परिवार तथा नजिकका साथीहरूको उपस्थितिमा इन्गेजमेन्ट गरिसकेको दाबी गरेको थियो। इन्गेजमेन्टपछि दुवै जना आ–आफ्नो औँठी देखाउँदै गरेका भिडिओहरू पनि सार्वजनिक भएका छन्।

    विजय र रश्मिकाले अहिलेसम्म आफ्नो सम्बन्धलाई सार्वजनिक रूपमा स्वीकार गरेका छैनन्। रश्मिकाले सन् २०१६ मा कन्नड फिल्म ’किरिक पार्टी’ बाट अभिनय करियर सुरु गरेकी थिइन् र सन् २०१८ को तेलुगु फिल्म ‘गीता गोविन्दम’ बाट ठूलो पहिचान पाएकी थिइन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १६, २०८२ मंगलवार - १४:१७:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology