मंगलवार, कार्तिक १७ गते २०८३

Tuesday, Nov 03 2026 मंगलवार, कार्तिक १७ गते २०८३

बंगालको खाडीमा फेरि अर्को मौसमी प्रणाली विकास

बंगालको खाडीमा फेरि अर्को मौसमी प्रणाली विकास

नागरिक पाटी

१५, कार्तिक २०८३
  • 813
    SHARES
  • बंगालको खाडीमा फेरि अर्को मौसमी प्रणाली विकास

    बंगालको खाडीमा फेरि अर्को मौसमी प्रणाली विकास भएको छ । त्यो हाल न्यूनचापीय क्षेत्रका रूपमा रहेको भारत मौसम विज्ञान विभागले जनाएको छ । उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातिर अघि बढ्ने र आज मध्याह्नसम्ममा दक्षिण–पश्चिम तथा त्यससँग जोडिएको दक्षिण–पूर्वी बंगालको खाडीमा गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुने सम्भावना छ । त्यसपछि बिस्तारै त्यो भोलि पश्चिम–मध्य बंगालको खाडीमा शक्तिशाली चक्रवाती आँधीमा विकसित हुने प्रबल सम्भावना रहेको भारतको मौसम विभागले जनाएको छ ।

    images

    मंगलबार त्यो प्रणाली शक्तिशाली चक्रवाती आँधीका रूपमा दक्षिण आन्ध्र प्रदेशको तट पार गर्ने प्रबल सम्भावना छ । त्यसको प्रभावले भारतका केही क्षेत्रमा फेरि वर्षा हुन सक्ने त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले बताएका छन् ।
    तर, त्यो प्रणाली नेपालतर्फ आउने वा त्यसको प्रभावले यहाँ वर्षा हुने सम्भावना नदेखिएको उनले स्पष्ट पारेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १५, २०८३ आइतवार - ०९:३८:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology