सोमवार, कार्तिक २३ गते २०८३

Monday, Nov 09 2026 सोमवार, कार्तिक २३ गते २०८३

हेटौँडामा पिकअप र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

हेटौँडामा पिकअप र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

नागरिक पाटी

२१, कार्तिक २०८३
  • 988
    SHARES
  • हेटौँडामा पिकअप र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

    मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ अंगारेश्वरस्थित धरान–चतारा सडकखण्डमा पिकअप र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार राति ८ः४५ बजे भएको दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा–१७ हटियाका २७ वर्षीय सुदीप पाण्डेको मृत्यु भएको हो ।

    images

    हेटौँडाबाट सिन्धुलीतर्फ तरकारी लिएर जाँदै गरेको वाग्मती प्रदेश ०१–०२८ च १७४७ नम्बरको पिकअप बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०३–००१ प ६४५९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

    दुर्घटनामा मोटरसाइकल चालक पाण्डेको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका थिए ।

    प्रहरी टोलीले उपचारका लागि हेटौँडास्थित सीएमसी चुरेहिल अस्पताल पुर्‍याएकोमा राति ९ः३५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २१, २०८३ शनिवार - १२:४१:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology