सोमवार, कार्तिक २३ गते २०८३

Monday, Nov 09 2026 सोमवार, कार्तिक २३ गते २०८३

सेफ परियोजनामार्फत गजुरीका विद्यार्थीलाई शैक्षिक तथा स्वच्छता सामग्री वितरण

सेफ परियोजनामार्फत गजुरीका विद्यार्थीलाई शैक्षिक तथा स्वच्छता सामग्री वितरण

शिवराज आचार्य

२१, कार्तिक २०८३
  • 638
    SHARES
  • सेफ परियोजनामार्फत गजुरीका विद्यार्थीलाई शैक्षिक तथा स्वच्छता सामग्री वितरण

    धादिङ । धादिङको गजुरी गाउँपालिकास्थित चेपाङ किशोरी छात्रावास र भद्रकाली गुरुकुलका विद्यार्थीहरूलाई शैक्षिक तथा स्वच्छता सामग्री वितरण गरिएको छ।

    images

    ChildFund Japan र प्रयास नेपाल धादिङको साझेदारीमा सञ्चालित शिक्षामा पहुँच सुनिश्चितता परियोजना (SAFE) अन्तर्गत गजुरी गाउँपालिका–१, हाँगेटारस्थित चेपाङ किशोरी छात्रावास र वडा नम्बर २, मलेखुस्थित भद्रकाली गुरुकुलका विद्यार्थीहरूलाई विद्यालय झोला, स्टेशनरी सामग्री, स्वच्छता सामग्री तथा सोलार बत्ती वितरण गरिएको हो।त्यसैगरी भद्रकाली गुरुकुलका ५ जना शिक्षकलाई झोला तथा स्टेशनरी सामग्रीसमेत प्रदान गरिएको छ।

    897218837_2075151249799415_1198033024380542322_n.jfif

    सामग्री वितरण कार्यक्रममा चाइल्डफन्ड जापानका एरिया म्यानेजर कविराम बाठा मगर, स्पोन्सरसिप संयोजक श्रीकान्त लुइँटेल, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, कार्यसमिति सहसचिव कपिलदेव सापकोटा, SAFE परियोजनाका परियोजना प्रबन्धक सन्तोष सत्याल, कार्यक्रम अधिकृत शम्भु घिमिरेलगायत कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षकहरूको सहभागिता रहेको थियो।

    889986092_3756776741138721_2365545070993212542_n.jfif

    परियोजनामार्फत विद्यार्थीहरूको शैक्षिक पहुँच अभिवृद्धि, सिकाइ वातावरण सुधार तथा स्वच्छता प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्य राखिएको छ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २१, २०८३ शनिवार - २१:४५:०३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology