धादिङमा स्कुटी दुर्घटना हुँदा बहिनी सहित अभिनेत्री महिमा सिलवालको मृत्यु


  • नागरिक पाटी
  • बिहि, फाल्गुन १, २०७६

धादिङ । स्कुटर दुर्घटनामा परि नेपाली सिने अभिनेत्री महिमा सिलवालको निधन भएको छ। गजुरी गाउँपालिका, वडा नम्बर २ चाम्बासमा महिमाले चलाएको बा ९८ प ७०५८ नम्बरको स्कुटर भैरहवाबाट काठमाडौं आइरहेको लु २ ख १३५ नम्बरको बससँग ठक्कर खाँदा उनको निधन भएको हो। घटनामा सो स्कुटरमा सवार उनकी बहिनी शर्मिला सिलवालको पनि निधन भएको प्रहरीले जनाएको छ । घटना बुधबार साँझ ५ बजेर ४५ मिनेटमा गजुरी गाउँपालिका, वडा नम्बर २ चाम्बासमा घटेको हो।

महिमाको उपचारका क्रममा गजुरी स्वास्थ्य केन्द्रमा निधन भएको हो भने शर्मिलाको उपचारका क्रममा ट्रमा सेन्टर काठमाडौंमा निधन भएको हो। घुम्ती क्रस गर्ने क्रममा स्कुटी र बस एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ । कारवाही नामक सिनेमाबाट नेपाली रजतपटमा डेब्यू गरेकी अभिनेत्री महिमाले अप्रिल फुल, चियर्स, दानव आदि सिनेमामा अभिनय गरेकी छिन्। सिनेमाका अलावा म्यूजिक भिडियो अभिनयमा पनि उनको सक्रियता थियो।

sambandit-abovesambandit-above
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
हाम्रो टिम
सम्पर्क

सामाजिक संजाल

© 2020 Nagarikpati All right reserved Site By : SobizTrend Technology