शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

जनरल इन्स्योरेन्सले आईपीओ निष्काशन प्रकृया थाल्यो

जनरल इन्स्योरेन्सले आईपीओ निष्काशन प्रकृया थाल्यो

  • 7.5K
    SHARES
  • काठमाण्डौँ । जनरल इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपिओ) निष्काशनको प्रकृया थालेको छ। इन्स्योरेन्सले आईपीओ निष्काशन प्रस्ताव पारित गर्ने साउन २९ गते बुधबार एलिस रिसेप्सन, गैरीधारामा साँझ ५ बजे प्रथम वार्षिक साधारण सभा बोलाएको हो। साधारण सभामा इन्स्योरेन्सले जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको हो। हाल इन्स्योरेन्सको ७० करोड रुपैयाँ चुक्ता पूँजी छ। आईपिओ निष्काशन पछि इन्स्यारेन्सको चुक्ता पूँजी बीमा समितिले तोकिए बमोजिम एक अर्ब कायम हुनेछ। इन्स्योरेन्सको आईपिओ साधारण सभाबाट पारित भएर नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि सर्वसाधारणको लागि बिक्री खुल्ला हुनेछ । यस्तै साधारण सभाले संस्थापक शेयरधनीहरुबाट संचालकहरुको निर्वचन गर्ने तयारी समेत गरेको छ। साधारण सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्न संचालक समितिलाई अख्तियारी दिनेछ। एनएफआरएस बमोजिम आर्थिक वर्ष २०७४/०७५ को वित्तीय विवरण तथा लेखा परिक्षण प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । २०७६ श्रावण ०८ गते प्रकाशित  

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०७६ बिहिवार - ०५:१९:१८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology