शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बुढीगण्डकी जलविद्युत् आयोजनाले छुट्याइएको बजेट पनि खर्च गर्न सकेन

बुढीगण्डकी जलविद्युत् आयोजनाले छुट्याइएको बजेट पनि खर्च गर्न सकेन

  • 6.0K
    SHARES
  • काठमाण्डौँ । राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनाले आर्थिक वर्ष २०७५/७६ मा छुट्याइएको बजेट खर्च गर्न सकेको छैन। २७ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरिएकोमा आर्थिक वर्षको अन्त्यसम्म आयोजनाले मुआब्जा वितरणका लागि ११ अर्ब ३१ करोड रुपैयाँ खर्च गर्न सकेको हो । मुआब्जा वितरण लगायतका कामका लागि उक्त आयोजनामा पुरानो र नयाँ बजेटसहित सो बजेट छुट्याइएको थियो । यस्तै सरकारले आर्थिक वर्ष २०७५र७६ मा मेलम्ची खानेपानी आयोजनामा पाँच अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन गरे पनि दुई अर्ब ४२ करोडमात्रै खर्च गर्न सकेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव तथा उक्त आयोजनाका फोकल पर्सन दिलीपकुमार सडौलाका अनुसार २०७४ यता आयोजनाको संरचना नै प्रस्ट हुन नसकेकाले खोजेजस्तो प्रगति हासिल हुन नसकेको बताए ।
    २०७६ श्रावण १५ गते प्रकाशित
     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १५, २०७६ बुधवार - १८:१७:१९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology