शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

त्रिशूलीको हब सबस्टेसन निर्माण तीव्र ६० प्रतिशत काम सकियो

त्रिशूलीको हब सबस्टेसन निर्माण तीव्र ६० प्रतिशत काम सकियो

  • 5.7K
    SHARES
  • नुवाकोट । त्रिशूली नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माणाधीन त्रिशूली ३ बी २२० केभी हब सबस्टेसन आयोजनाको निर्माण ६० प्रतिशत सम्पन्न भएको छ । स्थानीयले पटक पटक अवरोध गरेपछि विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ आफैं निर्माणस्थल पुगेर अवरोध हटाएका थिए । गत जेठमा अवरोध भएको स्थानमै पुगेर कुलमान अवरोध गर्ने सिर्जना गर्नेहरुसँग जंगिएपछि आयोजनाको काम तीव्र रुपमा अघि बढ्ने वातावरण तयार भएको थियो । ट्रान्सर्फमर रहने स्थानको जग हालिएको छ भने कन्ट्रोल बिल्डिङ बनाउन सुरु भएको छ । त्रिशूली नदी किनारमा सब स्टेशनको सुरक्षाका लागि पर्खाल लगाउने काम अन्तिम चरणमा छ । सबस्टेसनमा प्रयोग हुने उपकरणहरुको उत्पादन भइरहेको र डेढ महिनाभित्रमा आयोजनास्थलमा आपूर्ति सुरु हुने जनाईएको छ । यसैबिच चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको भौतिक प्रगति ४५ प्रतिशत रहेको छ । आयोजनाले रसुवाको चिलिमेदेखि त्रिशूली ३ बी २२० केभी हबसम्म २७ किलोमिटर प्रसारण लाइन र चिलिममा सबस्टेसन निर्माण गरिरहेको छ । २०७६ साउन १९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २०, २०७६ सोमवार - ०३:२८:१२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology