शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा सञ्चालित यातायातमा मनपरी भाडा, उपभोक्ता मारमा

धादिङमा सञ्चालित यातायातमा मनपरी भाडा, उपभोक्ता मारमा

  • 4.0K
    SHARES
  • धादिङ । यातायात व्यवसायीले मनपरि भाडा असुल्दा उपभोक्ता मारमा परेका छन् । धादिङबेँसी-टारीबेँसीसम्मको यात्रुले रु २०० भाडा तिर्ने गरेका छन् । महँगो भाडा घटाउन माग गर्दा यात्रुले उल्टै हप्काइ खानुपरेको छ । धेरै पटक भाडा बढी भयो भनेर गुनासो गर्दा बसबाट निकालेको ज्यामरुङकी यमकुमारी इटनीले सुनाए । नागरिक समाजका प्रतिनिधिले यातायात क्षेत्रको बेथिति अन्त्य गर्न जिल्ला प्रशासन कार्यालयसँग माग गर्दै आएका छन् । धादिङबेँसीस्थित विभिन्न यातायात समितिले अपाङ्गता भएका, ज्येष्ठ नागरिक र विद्यार्थीलाई सहुलियत नदिएको यात्रुको गुनासो छ । यातायात व्यवसायी एवंम् चालक-सहचालकले सहुलियतको टिकट सकिएको जवाफ दिने गरेका छन् । “भाडा असुल्न पन्छाउने गरेको पाइएको छ” अधिकारकर्मी राजु रेग्मी बताउछन् । प्रति व्यक्ति रु १८५ भाडादर भएको काठमाडौँका लागि अपाङ्गता भएका यात्रुबाट रु १५० लिने गरेको पाइन्छ । एउटा बसमा एउटा यात्रुलाई छुट दिएपछि अरुलाई नदिने नियम उनीहरुले बनाएका छन् । कालोपत्रे गरिएको सडकको भाडादर घटाउन आग्रह गर्दा यात्रुलाई दुर्व्यवहार गर्ने गरिएको छ । विसं २०७६ असार १ देखि लागु हुने गरी २०७६ जेठ ३० गते यातायात व्यवस्था विभागले कोलोपत्रे सडकमा प्रतिकिलोमिटर दुई रुपैयाँ ५१ पैसा भाडादर निर्धारण गरिएको थियो । धादिङबेँसीदेखि टारीबेँसीसम्म प्रतिकिलोमिटर रु सात रुपैयाँ ५० पैसा भाडा लिने गरेको यात्रुको गुनासो छ । रासस
    २०७६ साउन २९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २९, २०७६ बुधवार - १८:००:२३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology