गजुरी । धादिङको गजुरी गाउँपालिकाले एक वडा एक व्यवसायिक योजना अन्तर्गत व्यवसाय गर्ने महिलाहरु सिलाई मेसिन र दुई ओटा समुहलाई पञ्चेबाजा हस्तान्तरण गरेको छ ।

आज एक कार्यक्रमका विच गजुरी गाउँ पालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले तालिममा सहभागी महिलाहरु र दुई समुहलाई सिलाई मेशिन र पञ्चे बाजा प्रदान गर्नु भएको छ । आ।व। ०७५\७६ मा वडा नं. ८ मा संचालित सिलाइ कटाइ तालिम कार्यक्रममा सहभागी भै प्रशिक्षण लिएका २० जना महिलाहरूलाई सीप अनुसारको व्यवसाय संचालन तथा प्रवर्द्धन गर्न प्रति व्यक्ति १\१ वटा सिलाइ मेशिन तथा स्थानीय लोक सँस्कृतिको जगेर्ना गर्न दुई समूहलाई प्रति समूह १\१ सेट पञ्चे बाजा हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत, वडा नं. ८ का वडाध्यक्ष राज कुमार ढुङ्गाना लगायत स्थानिय नागरिकहरुको सहभागीता रहेको थियो ।