शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थरुहट थारुवान राष्ट्रिय मोर्चा आन्दोलनको तयारीमा, तीनदिने बन्द तथा आम हड्तालको घोषणा

थरुहट थारुवान राष्ट्रिय मोर्चा आन्दोलनको तयारीमा, तीनदिने बन्द तथा आम हड्तालको घोषणा

  • 4.2K
    SHARES
  • टीकापुर । कैलालीको टीकापुरमा ३ दिने थरुहटरथारुवान राष्ट्रिय सम्मेलन १५ बुँदे घोषणात्र जारी गरिएसँगै सकिएको छ। भदौ ७, ८ र ९ गते भएको उक्त भेलाले चरणबद्ध आन्दोलनको उद्घोषसमेत गरेको छ। थरुहटरथारुवान राष्ट्रिय मोर्चाले माग पूरा गराउनका लागि तीन चरणको संघर्षको घोषणा गरेको छ। पहिलो चरणको संघर्षमा भदौ ७ गतेलाई थरुहट तराईका सबै जिल्लामा विद्रोह दिवसको रुपमा मनाउने लगायतका कार्यक्रमहरु छन् । दोस्रो चरणको संघर्षमा थरुहट थारुवान क्षेत्रमा रहेका सबै स्थानीय जनप्रतिनिधिलाई पेन डाउन गर्न लगाइने कार्यक्रम सार्वजनिक गरिएको छ। त्यस्तै तेस्रो चरणको संघर्षको रुपमा तीनदिने बन्द तथा आम हड्तालको घोषणा गरिने बताइएको छ। सम्मेलनले थरुहट नेता लक्ष्मण थारुको संयोजकत्वमा १०१ सदस्यीय थरुहट थारुवान राष्ट्रिय मोर्चा गठन गरेको छ। प्रवक्ताको रुपमा मीनराज थारु रहेका छन् महासचिवमा तुलसी थारुलाई जिम्मेवारी दिइएको छ। घोषण पत्र हेर्नुहोस् २०७६ भदौ ९ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १०, २०७६ मंगलवार - ०५:११:२४ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology