शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दसैं अग्रिम टिकट बुकिङ अझै अन्योल

दसैं अग्रिम टिकट बुकिङ अझै अन्योल

  • 4.3K
    SHARES
  • काठमाडौ । दसैंका लागि अग्रिम टिकट बुकिङ खुलाउन सरकार र यातायात व्यवसायीले अन्तिम तयारी गरेका छन्। तर, कहिले र कसरी खुलाउने भन्नेमा अझै अन्योल देखिएको छ । बस व्यवस्थापन कसरी गर्ने भन्ने विषयले अग्रिम टिकट बुकिङ खुलाउने विषय अन्योलमा परेको हो। व्यवसायीले यातायात समिति खारेजीपछि नयाँ बस नथपिएकाले व्यवस्थापन गर्न कठिन भएको जनाएका छन् । उनीहरूले भाडा बढाउनुपर्ने विषयलाई पनि घुमाउरो पाराले अघि सारेका छन्। भाडा नबढेको पाँच वर्ष भइसकेको र यस अवधिमा पार्टपुर्जा र कर्मचारीको तलब धेरै बढेको तथा उपत्यकाबाट यात्रु लिएर जाने र उपत्यका भित्रिँदा खाली आउनुपर्ने अवस्था रहेकाले भाडाको विषयमा समस्या बुझिदिन सरकारसँग आग्रह गरेका छन्। यातायात व्यवस्था विभाग र यातायात व्यवसायी महासंघबीच बुधबार अग्रिम टिकट बुकिङ खुलाउने तयारीसम्बन्धी छलफल भएको थियो । दुई पक्षीय छलफलमा सबै तयारी पूरा गरी अर्को साता अग्रिम टिकट बुकिङ खुलाउने मिति तय गर्ने सहमति भएको छ । राजधानी दैनिकमा खबर छ । २०७६ भाद्र १९ गते प्रकाशित  

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १९, २०७६ बिहिवार - १४:२८:५२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology