शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

इरानले अर्कोपनि इन्धन बोकेकोपानीजहाज पनि नियन्त्रणमा लियो

इरानले अर्कोपनि इन्धन बोकेकोपानीजहाज पनि नियन्त्रणमा लियो

  • 3.9K
    SHARES
  • एजेन्सी । इरानले स्ट्रेट अफ हर्मुजमा अर्को इन्धन बोकेको पानीजहाज नियन्त्रणमा लिएको छ । पछिल्लो समय इरान र अमेरिकाबीच खाडी क्षेत्रमा तनाव चलिरहेका बेला इरानले अर्को पानीजहाज नियन्त्रणमा लिएको हो । इरानले यसअघि गत जुलाई महिनामा पनि बेलायती ध्वजावाहक पानीजहाज नियन्त्रणमा लिएको थियो । हर्मुजको स्ट्रेटमा डिजेल खाडी क्षेत्रबाट तस्करी गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको इरानको सरकार सञ्चालित समाचार संस्थाले जनाएको छ । उक्त पानीजहाजले २ लाख ८४ हजार लिटर डिजेल तस्करी गरिरहेको इरानी अधिकारीले जनाएका छन् । पानीजहाजसहित त्यहाँ काम गर्ने १२ फिलिपिनो कर्मचारीलाई समेत नियन्त्रणमा लिइएको बताइएको छ । यद्यपि उक्त पानीजहाजमा कुन राष्ट्रको ध्वजा अंकित थियो भन्ने चाहीँ खुलाइएको छैन । २०७६ भाद्र २१ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २२, २०७६ आइतवार - ०४:०४:४० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology