शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

डेङ्गु नियन्त्रण गर्न घरघरबाटै सरसफाइ अभियान सुरु गर्नुपर्ने विज्ञहरूको सुझाव

डेङ्गु नियन्त्रण गर्न घरघरबाटै सरसफाइ अभियान सुरु गर्नुपर्ने विज्ञहरूको सुझाव

  • 4.7K
    SHARES
  • काठमाण्डौँ । डेङ्गु नियन्त्रण गर्न घरघरबाटै सरसफाइ अभियान सुरु गर्नुपर्ने सम्बन्धित विज्ञहरूले सुझाव दिएका छन् । हरेक मानिसको घरमा डेङ्गुको लार्भा हुर्कन सक्ने वातावरण भएकाले पहिले घरबाट लार्भा नष्ट गर्न विज्ञहरूले सुझाव दिएका हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.वासुदेव पाण्डेले डेङ्गुबारे सन्त्रास होइन, सचेत हुनुपर्ने र त्यसको सुरुआत घरघरबाटै हुनुपर्ने सुझाव दिए । उनले डेङ्गुबारे जति चर्चा हुनुपर्ने हो, त्योभन्दा बढी भएको बताए । अस्पतालमा दैनिक ज्वरो आएर आउने बिरामीमध्ये ३० देखि ४० प्रतिशतमा डेङ्गु पोजेटिभ देखिएको जानकारी दिँदै उनले तर यो डेङ्गु प्राथमिक चरणको भएकोले आत्तिनुपर्ने अवस्था नरहेको बताए । द्वितीय चरणमा भएको डेङ्गु भएमा आत्तिनुपर्ने भन्दै उनले अर्को दुई वर्षमा भने द्वितीय चरणको डेङ्गु हुने हुँदा अहिलेदेखि नै सचेत हुनुपर्ने बताए । ‘जटिल मानिने दोस्रो चरणको डेङ्गु अहिलेदेखि नै रोक्नुपर्छ’, उनले भने । २०७६ भदौ ३० मा प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३०, २०७६ सोमवार - १६:२०:४२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology