धार्के । धादिङको थाक्रे ५ तसर्पुमा रहेको प्रेमसागर फाउण्डेशनलाई चलचित्र प्रेम गित ३ का नायक मनिष राउतले आर्थिक सहयोग गरेका छन् । मँगलबार एक कार्यक्रमको आयोजना गरी जनभोजन कार्यक्रमका लागि रविन्द्र सुबेदी मार्फत राउतले नगद ३० हजार रकम हस्तान्तरण गरेको फाउण्डेशनका व्यवस्थापक भोला राउतले बताए ।

कार्यक्रममा प्रेमसागर फाउण्डेशनले कामराङ प्राथमिक विद्यालयलाई वडा नम्बर ४ का अध्यक्ष गणेश तामाङ मार्फत एक सेट कम्प्युटर पनि हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा थाक्रे ५ का वडा अध्यक्ष भुमि तामाङ, थाक्रे ४ का वडा अध्यक्ष गणेश तामाङ, थाक्रे गाउँपालिका सदस्य रजनी लामा, आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु गौतम, लिती महाकाली माविका रवि पौडेल, शिवशँकर प्रा.विका मुना तामाङ लगायतको पनि उपस्थिती रहेको थियो ।
२०७६ असोज ०७ गते प्रकाशित