शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दसैँ पर्वको मुखमै प्याजको मूल्य आकासियो, यस्तो छ कारण !

दसैँ पर्वको मुखमै प्याजको मूल्य आकासियो, यस्तो छ कारण !

  • 3.5K
    SHARES
  • काठमाडौं । दसैँ पर्वको मुखमै प्याजको मूल्य आकासिएको छ। अधिकांश खानाका परिकारमा अत्यावश्यक प्याजको मूल्य एकाएक बृद्धि भएपछी माग घटेको हो ।

    images
    images

    मूल्यवृद्धि भएसँगै बजारमा प्याजको माग घटेको छ। दैनिक २० टन बिक्री हुने प्याज अहिले पाँच टनमा झरेको छ।

    भारतमा यस वर्ष प्याज उत्पादनमा आएको कमीले नेपालमा असर परेको हो। भारतमा ढिलो गरी सुरु भएको मनसुन र लगातारको वर्षाले खेती नष्ट भएपछि प्याजको मूल्यबृद्धि भएको बताइएको छ।

    ‘वर्षाले भारतमा ठूलो मात्रामा प्याज खेती नष्ट भएको छ,’ प्याज आयातकर्ता एवं अम्बे इन्टरनेशनलका सञ्चालक मोहन बानियाँले भने, ‘जसको असर मूल्यमा परेको हो। अहिले आयात भइरहेको प्याज पुरानो स्टक हो’

    भदौदेखि प्याजको मूल्यबृद्धि हुन सुरु भएको थियो। प्याज व्यापारीका अनुसार साउनमा प्याजको थोक मूल्य प्रतिकिलो २५ रुपैयाँ थियो।

    भदौमा ४० रुपैयाँ पुग्यो। असोज लगत्तै प्याजको मूल्य ह्वात्तै बढेर ९५ रुपैयाँ प्रतिकिलो पुगेको छ। तर, सर्वसाधारणको भान्सासम्म पुग्दा प्रतिकिलो एकसय २० देखि ३० सम्म पर्ने गरेको छ। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

    २०७६ असोज १२ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १२, २०७६ आइतवार - १५:३३:१० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology