शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सोचे जस्तै इच्छा पूरा गर्न कहाँ सकिन्छ र !

सोचे जस्तै इच्छा पूरा गर्न कहाँ सकिन्छ र !

  • 5.5K
    SHARES
  • गजल सोचे जस्तै इच्छा पूरा गर्न कहाँ सकिन्छ र। प्वाल परेको भाँडोलाई भर्न कहाँ सकिन्छ र। मुटुभरि व्यथा अनि आँखाभरि आँसु बोकी, नाजायज बन्दै मुस्कान छर्न कहाँ सकिन्छ र। विश्वास गर्न गाह्रो छ आफ्ना भन्नेहरूलाई नि, अपरिचित मान्छेको भर पर्न कहाँ सकिन्छ र। बुढेसकालमा लौरी जस्तै बन्नुपर्छ सन्तानहरू, बेसहारा भई जङ्घार तर्न कहाँ सकिन्छ र। सुनामी नै चल्छ मनमा कसैको याद आइदिँदा, तड्पी-तड्पी बाँच्नुपर्छ मर्न कहाँ सकिन्छ र। अदिती अर्याल ज्ञवाली लुरी

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ५, २०७६ मंगलवार - ०६:२०:१७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology