शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

वार्षिकोत्सवको अवसरमा 'सप्रने काव्य–उत्सव', २२ जना कविले गरे कविता वाचन

वार्षिकोत्सवको अवसरमा 'सप्रने काव्य–उत्सव', २२ जना कविले गरे कविता वाचन

नागरिक पाटी

१०, जेठ २०८३
  • 1.6K
    SHARES
  • वार्षिकोत्सवको अवसरमा 'सप्रने काव्य–उत्सव', २२ जना कविले गरे कविता वाचन

    स्रष्टा प्रतिष्ठान नेपालले तेह्रौँ वार्षिकोत्सवको अवसरमा 'सप्रने काव्य–उत्सव' भव्य रूपमा सम्पन्न गर्‍यो । अघिल्ला कार्यक्रमजस्तै यो वार्षिकोत्सवमा पनि विभिन्न पुस्ता एउटै मञ्चमा प्रस्तुत भए । प्रतिष्ठानको १३ औं वार्षिकोत्सवको अवसरमा शनिबार काठमाडौंमा सम्पन्न काव्य-उत्सवमा २२ जना कविले कविता वाचन गरे ।

    images
    images

    सप्रने-काव्य उत्सवमा उषा शेरचन, दिनेश अधिकारी, विश्वविमोहन श्रेष्ठ, विप्लव ढकाल, पुर्ण विराम (वाचन परिवर्तन देवकोटा), प्रभा भट्टराई, डा. मानसाग्नी, हरिहर तिमल्सिना, गीता कार्की, विमला तुम्खेवा, प्रोलास सिन्धुलीय, मणी लोहनी, मोहराज शर्मा, रञ्जना निरौला, विश्व सिग्देल,प्रज्वल अधिकारी, सुनिता खनाल, रसिक राज, बिसु केसी, विक्रम पवन परियार, अंशु खनाल र एलिसा ढुङ्गानाले कविता वाचन गर्नुभयो ।

    वि. सं. २०७० साल वैशाख २६ गते स्थापना भएको प्रतिष्ठानले विभिन्न पुस्ताका कविहरूलाई एउटै मञ्चमा उभ्याएर कार्यक्रम सम्पन्न गरेको हो । संस्थाले नयाँलाई प्रोत्साहन र स्थापितलाई सम्मान गर्दै एउटै मञ्चमा विभिन्न पुस्तालाई प्रस्तुत गर्दै आइरहेको छ ।

    डा. मानसाग्नीले सप्रने सप्रदै जाओस् भनेर काव्यिक शुभकामना व्यक्त गर्नुभयो । साहित्यकार उषा शेरचनका अनुसार साहित्यलाई समाजको संवेदनशील ऐना मान्दै आएको स्रष्टा प्रतिष्ठान नेपालले विगत एक दशकभन्दा बढी समयदेखि कविता वाचन, साहित्यिक गोष्ठी, सम्मान कार्यक्रम, पुस्तक विमोचन, स्रष्टा संवाद तथा युवा प्रतिभा प्रोत्साहनजस्ता सिर्जनात्मक गतिविधिहरू निरन्तर सञ्चालन गर्दै आएको छ । उहाँ भन्नुहुन्छ;- ''वास्तवमै यस्ता साहित्यिक कार्यक्रममा प्राप्त हुने आत्मसन्तुष्टि शब्दमा व्यक्त गर्न कठिन हुन्छ । सप्रने सधैं सप्रेकोमा हार्दिक बधाई !''

    कार्यक्रमका प्रमुख अतिथि अग्रज कवि तुलसी दिवसले कविता आफ्नै खाले भिन्न हुनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले संस्था मात्र नभइ अमृताको कविता र कवितामाथिको धारणा पनि सुन्न आएको बताउनु भयो । उहाँ भन्नुहुन्छ;-''स्रष्टाले सिर्जना गर्ने हुनाले स्रष्टालाई सधैं सम्मान गर्नु अनिवार्य छ ।''

    विभिन्न पुस्ताका सिर्जना एउटै मञ्चमा प्रस्तुत गर्नु संस्थाको विशेषता भएको अध्यक्ष स्मृतिले बताइन् । उनी भन्छिन्, ''हामीले राष्ट्रकवि माधव घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी, वरिष्ठ कवि वैरागी काँइला, बासुदेव त्रिपाठी, तुलसी दिवस लगायतका अग्रजको हात संस्थाको शिरमा रह्यो । यस्ता अग्रज, समकालीन र अनुजहरूको स्नेहले हामीलाई बलियो बनाउँछ । थप हौस्याउँछ ।''

    गणेश भट्टको कुशल कार्यक्रम सञ्चालनले सबैलाई कवितामा एकत्रित गरेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १०, २०८३ आइतवार - २१:३९:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology