शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मुग्लिन-नारायणगढ सडक दिउँसोको समयमा ४ घण्टा बन्द

मुग्लिन-नारायणगढ सडक दिउँसोको समयमा ४ घण्टा बन्द

  • 3.9K
    SHARES
  • चितवन । नारायणगढ मुग्लिन सडकखण्ड दुई सातासम्मका लागि आज देखी दिउँसाको समयमा बन्द भएको छ। पहिरो रोक्ने कामका लागि दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो। जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै गरेको थियो। सडकको निर्माण कार्य सकिए पनि पहाडको पहिरो रोक्ने काम बाँकी रहेकाले सडक बन्द गरेर काम गर्न लागिएको मुग्लिन नारायणगढ सडक आयोजनाका सूचना अधिकारी शिव खनालले बताए। २०७६ मँसिर २७ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २७, २०७६ शुक्रवार - २०:३६:२५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology