शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङबाट राष्ट्रिय झण्डा सहित बालुवा लिएर टिपर चितवन पुगेपछि.. (फोटो फिचर)

धादिङबाट राष्ट्रिय झण्डा सहित बालुवा लिएर टिपर चितवन पुगेपछि.. (फोटो फिचर)

नागरिक पाटी

१९, माघ २०७६
  • 8.3K
    SHARES
  • धादिङ । धादिङको गल्छी गाउँपालिकाले चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाका लागि बालुवा सहयोग गरेको छ । गल्छी गाउँपालिकाले एक सय ट्रिप बालुवा उपलब्ध गराउने भएपछि नेपाल टिप्पर तथा ट्रक व्यवसायी समितिले टिप्पर उपलब्ध गराएको समितीले जनाएको छ । बालुवा पुर्‍याउनका लागि जनप्रतिनिधि, टिपर व्यवसायी लगायतको टोली चितवन पुगेर फर्किएको छ । गाँउपालिकाले सहयोग गरेको बालुवा नेपाल टिपर तथा ढुवानी व्यवसायी समितिले निशुल्क ढुवानी गरेको छ । त्यस्तै सुदिपा ट्रेडिङ कम्पनी प्रालिले कर छुटको व्यवस्था गरेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिकाको वडा नम्बर १५ मा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको छ । फोटो हेर्नुहोस्...       

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १९, २०७६ आइतवार - ०६:३४:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology