शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालद्धारा अमेरिकाविरुद्ध ३५ रनको जित

नेपालद्धारा अमेरिकाविरुद्ध ३५ रनको जित

नागरिक पाटी

२६, माघ २०७६
  • 5.1K
    SHARES
  • काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपालले अमेरिकाविरुद्ध जित दर्ता गरेको छ। शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा पहिला ब्याटिङ गरेको नेपालले अमेरिकाविरुद्ध ३५ रनको जित निकालेको हो। अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि पहिलो ब्याटिङ गरेको नेपालले ४९ दशमलव दुई ओभर खेल्दै १९० रन बनाएको थियो। नेपालका लागि करण केसीले चार विकेट लिए भने सुशन भारीले तीन विकेट लिए। सन्दीप लामिछानले दुई विकेट लिए । यस्तै कुशल मल्लले एक विकेट लिए। खराब सुरुवात गरेको नेपालले अमेरिकालाई १९० रनको चुनौती दिएको थियो। यसैबिच बायाँ हाते अलराउण्डर कुशल मल्लले ५१ बल खेल्दै ५० रन बनाए बनाएर नयाँ रेकर्ड बनाएका छन् । तीन छक्का र चार चौकासमेत प्रहार गर्दै कुशलले एकदिवसीय क्रिकेटको डेब्युमै सबैभन्दा कम उमेरमा अर्धशतकको रेकर्ड बनाएका हुन् ।  

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २६, २०७६ आइतवार - ०१:१९:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology