शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पूर्वसभामुख महराको मुद्दाको निर्णय सोमबार हुँदै

पूर्वसभामुख महराको मुद्दाको निर्णय सोमबार हुँदै

नागरिक पाटी

५, फाल्गुण २०७६
  • 5.5K
    SHARES
  • काठमाडौं । बलात्कारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाको निर्णय सोमबार हुने भएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार बहस सकिएपनि फैसला लेख्न समय अभावको कारण देखाउँदै सारिएको हो । निर्णय सोमबार सुनाउने निर्णय भएको जिल्ला अदालतका अधिकृत टीकासिंह खत्रीले जानकारी दिए । जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको एकल इजलाशमा बहस भएको हो । आइतबार बिहानैदेखि महरामाथि लागेको अभियोगमाथि वकिलले बहस गरेका थिए। सरकारी पक्षका वकिलहरुको बहस सकिएपछि महरापक्षका वकिलले बहस गरेका थिए। महरा पक्षका वकिलको बहस सकिए लगत्तै सरकारी वकिलले जवाफ दिएका थिए। यसअघि पुस ३ गते महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतले सदर गरेको थियो । तर, उच्च अदालतले एक महिनाभित्र मुद्दाको टुंगो लगाउन जिल्लालाई निर्देशनात्मक आदेशसमेत दिएको थियो। संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो । महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ५, २०७६ सोमवार - ०२:४५:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology