शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

न त माला लगाउन माने, न कुनै प्रतिक्रिया दिए, एक शब्द नबोली सदरखोरबाट बाहिरिए महरा !

न त माला लगाउन माने, न कुनै प्रतिक्रिया दिए, एक शब्द नबोली सदरखोरबाट बाहिरिए महरा !

नागरिक पाटी

६, फाल्गुण २०७६
  • 7.3K
    SHARES
  • काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा अदालतले सफाइ दिएसँगै रिहा भएका छन्। डिल्लीबजार सदरखोरका कैदीले महरालाई माला र खादा लगाएर विदाइ गरेका हुन् । बाहिर उनलाई माला लगाएर स्वागत गर्न कार्यकर्ताको ठूलो भीड लागेको थियो। तर, महराले माला पनि लगाएनन् र कुनै प्रतिक्रिया नदिई बा १८ च ४०० नम्बरको रातो कारमा चढेर सरासर बाहिरिएका छन् । उनी कारागारबाट बाहिर निस्किँदा समर्थकहरुले ‘नेकपा जिन्दावाद’ नारा लगाएका थिए। अभियोगमा गरिएको मागदाबीमा प्रमाण नपुगेको भन्दै जिल्ला अदालत काठमाडौंले महरालाई बलात्कार प्रयासको आरोपमा सफाइ दिएको हो। महराका पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायत ८ वकिलले बहस गरेका थिए। सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलले जवाफ दिएका थिए। संसद सचिवालयकी कर्मचारीलाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा पूर्वसभामुख महरा पक्राउ परेका थिए । हिरासत र पुर्पक्षका लागि थुनासमेत गरेर उनले एक सय ३५ दिन बन्दी बनेका छन् । गत असोज १२ गते संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले महराले आफूमाथि जबर्जस्ती करणी प्रयास गरेको आरोप लगाएकी थिइन्। असोज १४ मा महराले सभामुख पदबाट राजीनामा दिएका थिए। उजुरी दर्ता भएपछि असोज १९ मा उनी पक्राउ परे। एक महिना हिरासतमा बसेपछि तत्कालीन जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर, अदालतमा बयान दिँदा शाहीले महराले आफूमाथि करणी प्रयास नगरेको दाबी गरेकी थिइन्। उनले सोही विवरणको निवेदन समेत अदालतमा दिएकी थिइन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ६, २०७६ मंगलवार - ००:५६:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology