शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मकवानपुर अदालतद्धारा एसिड प्रहार गर्ने केशरीलाई ८ वर्ष कैद र उपचारमा खर्च भएको एक करोड १४ लाख भराउन आदेश

मकवानपुर अदालतद्धारा एसिड प्रहार गर्ने केशरीलाई ८ वर्ष कैद र उपचारमा खर्च भएको एक करोड १४ लाख भराउन आदेश

नागरिक पाटी

१६, फाल्गुण २०७६
  • 7.3K
    SHARES
  • मकवानपुर । जिल्ला अदालत मकवानपुरले हेटौँडाकी विन्दवासिनी कंशकारमाथि एसिड (तेजाब) प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई आठ वर्ष कैद र एक लाख रुपैयाँ जरिबाना गर्ने फैसला गरेको छ । साथै पीडित कंशाकारको उपचारमा खर्च भएको एक करोड १४ लाख ८५ रुपैयाँ समेत पीडकबाट भराउन तथा पीडकबाट सम्भव नभए राज्यको कोषबाट भए पनि उपलब्ध गराउन अदालतले आदेश दिएकोे छ । जिल्ला न्यायाधीश कमलराज विष्टको इजलासले आदेश दिएको अदालतले जानकारी दिएको छ । अदालतले कंशाकारमाथि एसिड प्रहार गर्ने केशरीलाई भगाउन सहयोगी भूमिका निर्वाह गरेको भन्दै हेटौँडाका सञ्जय मण्डललाई दुई वर्ष ६ महिना कैद सजायसहित ४० हजार रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको जनाइएको छ । आक्रमणबाट अनुहार तथा शरीरको अन्य भागमा गम्भीर असर पुगेको कंशाकारले नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराउँदै आइरहनु भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १६, २०७६ शुक्रवार - १७:३०:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology