धादिङ फागुन १५ । धादिङको गल्छि गाउँपालिका भित्र पर्ने मच्छेडी खोला देखि बैरेनी बजार सम्म रहेका विभिन्न होटलहरु बाट छापामारि जपथ गरिएको घरेलु मदिरा प्रहरीले आज आइतबार दिउँसो नष्ट गरेको छ ।बैरेनी प्रहरी चौकी , गल्छि प्रहरी चौकी र गाउँपालिकाको सहयोगमा घरेलु मदिरा होटल तथा भट्टी पसलहरुबाट बरामद गरेको हो।

मच्छेडी खोला देखि बैरेनी बजारका होटल तथा भट्टी पसलहरुबाट प्रहरीले बरामद गरेको ड्रम‚ ग्यालिनमा रहेको अन्दाजी १००० लिटर घरेलु मदिरा र मदिरा नष्ट गरेको हो ।समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अवैध घरेलु मदिरा नियन्त्रण अभियान एक महिना संचालन गरिने बताईएको छ । प्रहरीद्धारा बरामद गरिएको घरेलु मदिरा नष्ट कार्यक्रमा गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष वडा अध्यक्ष लगायतको सहभागीता रहेको थियो ।