शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

तिमीसँगै हिँड्छ न त मलाई पर्खिन्छ !

तिमीसँगै हिँड्छ न त मलाई पर्खिन्छ !

नागरिक पाटी

१२, बैशाख २०७७
  • 8.9K
    SHARES
  • गजल घरि तिमीलाई रुवाउँछ घरि मलाई अनगिन्ती चोटहरू दिन्छ। यो समय यस्तै हो न त तिमीसँगै हिँड्छ न त मलाई पर्खिन्छ। निस्वार्थ प्रेम गर्छु भनेको हो कसैलाई एकोहोरो मैले पनि, जुन प्रश्नको उत्तर छैन सधैं त्यही प्रश्न किन मलाई सोधिन्छ ? कसैलाई खुशी पार्नकै लागि आफ्ना इच्छाहरू मारिरहेँ मैले, सोचिएन कहिल्यै कसैलाई खुशी दिँदा आफ्नो मन रित्तिन्छ। मनभरि पीडा बोकेर कोही मुस्कुराए झैँ गर्यो फेरि मेरो सामु, सायद उसलाई थाहा भएन लुकाउन खोजे पनि पीडा देखिन्छ। आज उसको चित्त बुझाउँछु भन्यो भोलि अर्कैको चित्त बुझायो, जिन्दगी नि पानीको फोका न हो थाहा छैन कुन दिन सकिन्छ।

    → अदिती अर्याल ज्ञवाली (लुरी)     हाल : काठमाण्डौँ

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १२, २०७७ शुक्रवार - २३:३०:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology