शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती प्रदेशसभाको बैठक भोलि बस्दै, आर्थिक विधेयक प्रस्तुत गरिने

बागमती प्रदेशसभाको बैठक भोलि बस्दै, आर्थिक विधेयक प्रस्तुत गरिने

शिवराज आचार्य

११, जेठ २०७७
  • 5.9K
    SHARES
  • धादिङ । बागमती प्रदेशसभाको छैठौँ बजेट अधिवेशनका लागी भोलि जेठ १२ गते बैठक बस्ने भएको छ । भोलिको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले सरकारद्वारा आगामी बजेटको लागि प्रस्तुत गरिने आर्थिक पक्षको सैद्दान्तिक विषयमा छलफलको लागि विधेयक प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । उक्त आर्थिक विधेयकमाथि १२ र १३ गते छलफल हुने पनि सचिवालयले बताएको छ । भोलिबाट सुरु हुने प्रदेश सभाको बैठकको लागि सभा कक्षमा सामाजिका दुरी कायम गरी बस्ने कुर्सीको र सेनिटाइजरको व्यवस्था मिलाइएको र प्रदेश सभाको बैठकको समाचार सम्प्रेषणको लागि संचारकर्मीहरुको लागि बस्ने छुट्टै कक्षको पनि व्यवस्थापन गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरी खड्काले बताएका छन ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ११, २०७७ आइतवार - २३:१७:४६ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology