गल्छि । धादिङको गल्छि शान्तफाँटमा जिल्ला कै नमुना रंगशाला निर्माणले गति लिएको छ । गल्छि गाउँपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा जनता सँग अध्यक्ष कार्यक्रम अन्तर्गत ९ लाख विनियोजित रकम बाट रंगाशालाको ठाउँ मिलाउने तथा चौर निर्माण काम सम्पन्न गरेको जनाईएको छ ।
सर्वाङगिण विकासका लागी समुदायको आवाज भन्ने मूल नारा लिएर विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको यस उज्यालो युवा समाजको सक्रियतामा वडा नम्बर ८ को शान्तफाँटमा धादिङ जिल्ला कै नमुना रंगाशाला बनाउने उद्देश्य रहेको उज्यालो युवा समाजका अध्यक्ष हरि प्रसाद अधिकारीले बताउनुभयो । उहाँले आगामी वर्षहरुमा विनियोजन गरिने बजेटले थप पुर्वाधार निर्माण गर्दै जाने बताउनुभएको छ ।
रंगाशाला निर्माण गर्नका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सबैलाई समाजले धन्यवाद दिएको प्रेस विज्ञप्तीमा उल्लेख छ ।