काठमाडौं । लामो समय बन्द रहेको सेयर बजार खुले लगत्तै बजारमा सकारात्मक संकेत देखिएपछि व्यवसायी उत्साहित भएका छन् । आज बुधबार पनि सेयर कारोबारमा ‘पोजिटिभ सर्किट’ लागेको छ । ६ प्रतिशतले बजार बढेर ‘पोजिटिभ सर्किट’ लागेपछि आजको कारोबार स्थगित गरिएको छ ।
सोमबारदेखि खुलेको बजार पहिलो दिन दोहोरो अंकले घटेको थियो भने मंगलबार पोजिटिभ सर्किट लागेको थियो । आज बुधबार बजार खुलेको एक घण्टा २३ मिनेटमा सेयर कारोबार मापक नेप्से परिसूचक ७५ दशमलव ७७ अंकले बढेर एक हजार ३३६ दशमलव ५३ अंकमा पुगेको छ ।