शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धन्य हो गुरु

धन्य हो गुरु

नागरिक पाटी

२१, आषाढ २०७७
  • 18.8K
    SHARES
  • धन्य हो गुरु
    कविता 
    आज छोरीलाई लेख्न सिकाउदै गर्दा महसूस गरियो
    कति कठिन काम हुदो रहेछ ' क ' लेख्न सिकाउनलाई
    धन्य हो गुरु .
     
    तपाइले 'A सिकाउनु भयो, त्यसैले त मैले 'APPLE' जाने
    Now I can speak, understand and write English
    धन्य हो गुरु
     
    उठबस गर्दा, खुट्टा बहुत दुखेको थियो
    तर आज पनि गर्व गर्न सक्छु, मैले आधा विश्वको भूगोल जानेको छु
    धन्य हो गुरु
     
    इतिहासका पानाहरु त्यति बेला नपल्टाको भए
    गर्व का साथ् म नेपाली हूँ, इतिहास सांछी छ भन्न कहाँ पाइन्थ्यो र ?
    धन्य हो गुरु
     
    डस्टरले हातमा धेरै चोटी छाप बसाको थियो, कविताको अर्थ लेख्न नजानेर
    तर आज कविता लेख्न जानेको छु
    धन्य हो गुरु
     
    " यो ब्रमाण्ड पार पाउन नसकिने ठुलो छ "
    " Literal meaning of Virus is poison "
    यस्तै यस्तै, ती बिज्ञानका ज्ञानहरु दिने गुरु पनि ब्रमाण्ड भन्दा साना कहाँ छन् र ?
    धन्य हो गुरु
     
    कान समातेर गणित नासिकाको भए मैले आज मेरो तलब को हिसाब गर्न पनि सक्थिन होला
    धन्य हो गुरु
     
    गायत्री मन्त्रको उत्चारण संगै सुरु हुन्छ मेरो हरेक बिहानी
    त्यति शक्तिशालि मन्त्र विधिवत ग्रहण गरेको छु मैले
    धन्य हो गुरु
     
    साइकल चलाउन जान्ने बितिकै , मोटर साइकल को ह्यान्डल समात्न नासिकाको भए
    ८०-९० को रफ्तार को अनुभूति कहाँ हुन्थ्यो र ?
    धन्य हो गुरु
     
    यो Clutch, यो Gear, यो Brake,
    अनि Steering समातेपछि त आज त्यत्रो machine गुडाएको छु मैले
    धन्य हो गुरु
     
    " Behavior, Corporate Culture, Relationship management, Sales, Marketing....."
    पढे पछि, प्राक्टिकल गर्दा सिकेका ज्ञान सबै भन्दा ठुला हुदा रहेछन
    मेरो corporate का Senior तथा साथिहरु
    धन्य हो गुरु
     
    लेख्दै जाने हो भने सायद संसारकै सबै भन्दा लामो काव्य नै तयार हुन्छ,
    गुरुको महिमा अपरम्पार
    छोटकरीमा फेरी भन्छु
    धन्य हो गुरु ..
     
    सुबाष खतिवडा हाल काठमाण्डौं बस्नु हुन्छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २१, २०७७ आइतवार - १७:३६:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology