धादिङ । धादिङको गजुरी गाउँपालिकालाई पहिरोले क्षति पुर्याएको छ । अविरल वर्षाका कारण गाउँपालिका परिसरबाटै पहिरो गएको हो । गाउँपालिका परिसर हुँदै आएको पहिरोले पृथ्वी राजमार्ग समेत अवरुद्ध छ ।
अहिले २ वटा स्काभेटरले पहिरो सफा गर्ने काम भेरहेपनि पहिरो खसिरहेकाले थप समस्या भएको गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले नागरिकपाटीलाई बताउनुभयो । यस्तै फुर्केखोलामा पहिरोका कारण पाँच वटा घरमा क्षति भएको छ भने एक जना बेपत्ता छन् ।