शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

केशवको नयाँ गाईजात्रे कोसेली ‘हाँडीघोप्टे’ (भिडियो सहित)

केशवको नयाँ गाईजात्रे कोसेली ‘हाँडीघोप्टे’ (भिडियो सहित)

विष्णु ठकुरी

१२, श्रावण २०७७
  • 11.0K
    SHARES
  • केशवको नयाँ गाईजात्रे कोसेली ‘हाँडीघोप्टे’ (भिडियो सहित)

    हाँस्यकलाकार तथा कवि केशवराज अर्याल ‘केरा’ले ‘ हाँडीघोप्टे’ नामक नयाँ गाईजात्रे कोसेली ल्याएका छन् । उनको यो दोश्रो गाईजात्रा एल्बम हो । मनोरञ्जन नेटवर्क युट्युब च्यानलमार्फत बजारमा आएको यस एल्बममा अर्यालले देशमा बढ्दै गरेको बेथिति, भ्रष्टाचारलाई व्यंग्यमार्फत् हँसाउँदै कसिलो प्रहार गरेका छन् ।

    images
    images

    उनले एल्बममा गीत, क्यारिकेचर र विभिन्न भेषभूषामा भट्याउँदै, जनताको वेदना, आक्रोश र पीडालाई दबाउने ठूला भनाउँदा टाउकावाल र भुँडीवालहरुको उछितो काढेका छन् । सरकारको कमजोरीपन, भ्रष्टाचार, सरकारी जग्गा काण्ड, बलात्कार, देश लुट्ने प्रवृत्ति, अस्पताल, यातायात, उद्योगको लापरबाही, कोरोना महामारी सलह चलचित्र क्षेत्रको घमण्डीपन, कमजोरी र नग्नता र समाजमा खुट्टा तान्ने प्रवृत्ति आदिलाई ‘हाँडीघोप्टे’मार्फत उजागर गरेका छन् ।

    व्यंग्य लेख, कार्टुन कला, कविता, स्टेज कार्यक्रम तथा विभिन्न कमेडी सिरियलमार्फत हँसाउँदै आएका उनका दुई व्यंग्य पुस्तक प्रकाशित भइसकेका छन् । यसअघि उनको ‘आलुपाँडे गाईजात्रा’ बजारमा आएको थियो ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १२, २०७७ सोमवार - ०९:४०:३७ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology