शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपाल बैंकको नाफामा गिरावट

नेपाल बैंकको नाफामा गिरावट

नागरिक पाटी

२५, श्रावण २०७७
  • 7.1K
    SHARES
  • नेपाल बैंकको नाफामा गिरावट

    काठमाडौं । गत आर्थिक बर्ष २०७६/७७ मा नेपाल बैंक लिमिटेडको नाफा १६ दशमलव ६८ प्रतिशतले घटेको छ । बैंकले हालै सार्वजनिक गरेको गत आवको चौथो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । कम्पनीले अघिल्लो आवमा रू. ४ अर्ब ६१ करोड १६ लाख खुद नाफा कमाएको थियो । तर, गत आवमा भने रू. ३ अर्ब ८४ करोड २२ लाख खुद नाफा कमाएको वित्तिय विवरणमा उल्लेख छ ।

    images
    images

    समिक्षा बर्षसम्म बैंकले रु. १ खर्ब ४२ अर्ब ११ करोड ४२ लाख निक्षेप संकलन गरेको छ । बैंकको कर्जा प्रवाह भने रु. १ खर्ब ४ अर्ब ५८ करोड ८२ लाख रहेको छ । प्रवाहित कर्जाबाट बैंकले गत आवमा रु. ११ अर्ब ५२ करोड ६९ लाख ७० हजार कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी भने रु. ५ अर्ब ६१ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

    हाल बैंकको चुक्तापुँजी रू. ११ अर्ब २८ करोड २८ लाख रहेको छ । बैंकले आफ्नो जगेडाकोषमा १२ अर्ब ९८ करोड रुपैयाँ जम्मा गरेको छ ।
    वित्तिय विवरणअनुसार बैंकको प्रति शेयर आम्दानी २२.६६ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ २६७.५०, पीई रेसियो १०.९९ रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २५, २०७७ आइतवार - १३:५८:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology