शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती प्रदेश प्रहरी कार्यालयद्धारा सबै प्रहरी कर्मचारीहरुलाई फेस सिल्ड वितरण

बागमती प्रदेश प्रहरी कार्यालयद्धारा सबै प्रहरी कर्मचारीहरुलाई फेस सिल्ड वितरण

नागरिक पाटी

१, भाद्र २०७७
  • 6.8K
    SHARES
  • बागमती प्रदेश प्रहरी कार्यालयद्धारा सबै प्रहरी कर्मचारीहरुलाई फेस सिल्ड वितरण

    धादिङ । बागमती प्रदेश प्रहरी कार्यालय मातहतमा रहेका प्रहरी कर्मचारीहरु सबैले संक्रमण जोखिमलाई कम गर्न भदौ १ गतेदेखि फेस सिल्ड लगाएर ड्युटी गर्ने व्यवस्था मिलाइएको छ ।

    images
    images


    बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले कार्यरत सबै प्रहरी कर्मचारीहरुलाई फेस सिल्ड वितरण गरिसकेको बागमती प्रदेश प्रहरीका प्रवक्ता तथा एसएसपी सुदीप गिरीले रातोपाटीलाई जानकारी दिए ।


    एसएसपी गिरीले भने, ‘सबै प्रहरी कर्मचारीहरुमा एकरुपता ल्याउन फेस सिल्डमा प्रहरीको लोगो र ‘बागमती प्रदेश प्रहरी’ लेखिएको छ । फिल्डमा नियमित खटिने हरेक प्रहरी कर्मचारीले अब फेस सिल्ड लगाएर ड्युटी गर्छन् ।’


    ड्युटीमा खटिने प्रहरी कर्मचारी धेरै जनतासँग सम्पर्कमा हुने भएकाले प्रहरी कर्मचारीलाई संक्रमणबाट जोगाउन र प्रहरी कर्मचारीहरुबाट अन्य व्यक्तिमा संक्रमण नफैलियोस् भन्ने उद्देश्यले फेस सिल्ड उपलब्ध गराइएको एसएसपी गिरीले बताएका छन ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १, २०७७ सोमवार - ११:२९:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology