शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सन्तोष बस्न्यातको ‘फ्राइडे नाइट’ सार्वजनिक (भिडियो सहित)

सन्तोष बस्न्यातको ‘फ्राइडे नाइट’ सार्वजनिक (भिडियो सहित)

विष्णु ठकुरी

१३, भाद्र २०७७
  • 13.6K
    SHARES
  • सन्तोष बस्न्यातको  ‘फ्राइडे नाइट’ सार्वजनिक (भिडियो सहित)

    काठमाण्डौँ । गायक सन्तोष बस्न्यातको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘फ्राइडे नाइट’ बोलको गीतमा राज कुमार बस्नेतको संगीत तथा गायक सन्तोष बस्न्यातको शब्द रचना रहेको छ। रिकेश गुरुङले संगीत संयोजन गरेको गीत रमाइलो बनेको छ । लामो समय बेलायतमा संगीत अध्ययन गरेर फर्केका सन्तोष बस्न्यातले हालै नेपाल पर्यटन बोर्डले आयोजना गरेको टुरिजम भिडियो प्रतियोगितामा ‘भिजिट नेपाल’ बोलको गीतबाट दित्तीय स्थान हासिल गर्न सफल भएका थिए।

    images
    images

    अभिनयको डिओपी र प्रमेश श्रेष्ठको छायांकन रहेको भिडियोमा कन्सेप्ट अनुपको रहेको छ। भिडियोलाइ सौगात मान सिंह बस्नेतले निर्देशन तथा सम्पादन गरेका छन्। भिडियोमा बिबेक कर्माचार्य र अभिलाषा शर्मा फिचर्ड छन्। बस्न्यातले अलिक समय अघि मात्र ‘लुक्ला’नामक गीत सार्वजनिक गरेर सोलुखुम्बुको चित्रण गरेका थिए। उनका यस अघि ‘आमा’,बोलको गीत र दुइ वटा कमेडी एल्बम खट्टो पिरो र आइया आथ्था सार्वजनिक भई सकेका छन्। हालै मात्र उनले लीला नामक सांगीतिक एल्बम पनि सार्वजनिक गरेका थिए।

    बेलायत स्थित भारतीय बिद्या मन्दिरमा उनले गायिका तथा प्रसिक्षक स्वानन्द कर्माकरसंग ६ वर्ष शास्त्रीय संगीतको अध्ययन गरेका छन्। बस्न्यात निरन्तर नेपाली संगीतमा लागेर अझै नयाँ नयाँ गीत सिर्जना गर्ने योजनामा रहेका छन्। ‘फ्राइडे नाइट’ बोलको गीतको भिडियो ओएसआरको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। मंगलवार सार्वजनिक भिडियोलाई यु ट्युबमा हेर्ने जति दर्शकले राम्रो प्रतिक्रिया दिएका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १३, २०७७ शनिवार - १८:२२:२९ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology