शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पहिरोका कारण मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध

पहिरोका कारण मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध

नागरिक पाटी

३०, भाद्र २०७७
  • 9.8K
    SHARES
  • पहिरोका कारण मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध

    धादिङ । पहिरो खसेपछि गएरातिदेखि अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन। ठाउँ ठाउँमा खसेको पहिरो पन्छाउन समय लाग्दा सडक १६ घण्टादेखि अवरुद्ध छ।

    images
    images

    चार ठाउँमा ठूला र ठाउँठाउँमा साना पहिरो खसेको प्रहरीले जनाएको छ। चितवनको इच्छाकामना गाउँपालिका ६ पाँचकिलो नजिक गएराति साढे १० बजे खसेको पहिरो सडक अबरुद्ध रहेको छ। हिजो दिउँसो सोही ठाउँमा पहिरो खसेर अबरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको केहीबेर पछि पुनः पहिरो खसेको थियो। आज इच्छाकमनाकै चारकिलो र घुमाउनेलगायतका थप स्थानमा पहिरो खसेको छ।

    पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिनु भएको छ । उनका अनुसार पूरै सडक सञ्चालनमा आउन भने समय लाग्ने बताएका छन। यात्रा गर्न यात्रु र सवारी साधन लाई बैकल्पिक सडक प्रयोग गर्नु प्रहरीले आग्रह गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३०, २०७७ मंगलवार - १५:०४:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology