शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सेयर बजारमा सुधार

सेयर बजारमा सुधार

नागरिक पाटी

७, आश्विन २०७७
  • 4.0K
    SHARES
  • सेयर बजारमा सुधार

    काठमाडौं। मंगलाबर २२ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज बुधबार सुधारिएको छ। कारोबार सुरु भएदेखि बढ्न सुरु गरेर दिउँसो केही घटबढ भए पनि बन्द हुँदा ९।३७ अंकले बढेको हो। होटल समूहबाहेक सबै समूहमा सुधार आउँदा आज नेप्से परिसूचक बजार १ हजार ५५५ अंकमा पुगेर रोकिएको छ।

    images
    images

    यसक्रममा नेप्सेमा १ अर्ब ७२ करोड कारोबार भई ५८ लाख ६२ हजार कित्ता सेयर किनबेच भएको छ। आजको कारोबार रकम हिजोको भन्दा कम हो।

    हिजो २२ अंकले घटेको नेप्सेमा २ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। आज होटल समूह २३।६४ अंकले घटेको छ। यसबाहेक सबैसमूहमा सुधार देखिएको छ। आज सबैभन्दा बढी जीवन बीमा समूह ९४ अंक तथा निर्जीवन बीमा समूह ७४ अंकले बढेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ७, २०७७ बुधवार - १६:१३:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology