शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चितवनको इच्छाकामना ४ धारापानीबाट त्रिशुलीमा ट्रक खस्दा ३ जना घाइते

चितवनको इच्छाकामना ४ धारापानीबाट त्रिशुलीमा ट्रक खस्दा ३ जना घाइते

नागरिक पाटी

१७, आश्विन २०७७
  • 8.4K
    SHARES
  • चितवनको इच्छाकामना ४ धारापानीबाट त्रिशुलीमा ट्रक खस्दा ३ जना घाइते

    चितवन । त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानी भन्ने स्थानबाट ना ५ ख ९६२२ नम्बरको ट्रक त्रिशुली नदीमा खसेको हो ।

    images
    images

    भैरहवाबाट काठमाडौं आउँदै गरेको सो ट्रक आज बिहान करिब ५ बजे सडकबाट झण्डै ८० फिट तल खसेको छ । ट्रकको आधा भाग पानीमा डुबेको छ ।दुर्घटनामा परी घाइते हुनेमा ट्रक चालक गल्छी–७ धादिङ्ग बस्ने २८ वर्षीय रोहित तामाङ, ट्रकमा सवार सोही ठाउँ बस्ने १९ वर्षीय रामकुमार लालचन र २३ वर्षीय राजन भन्ने अर्जुन रुम्बा रहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय मुग्लिन र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको टोलीले घाइतेहरुको उद्धार गरी उपचारको लागि गजुरी अस्पताल ल्याएको थियो। फाइल तस्विर

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १७, २०७७ शनिवार - १०:०९:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology