शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

भिडियो

दशैँको कोशेली "मसला" लिएर आए सुनिल र एलिना

दशैँको कोशेली "मसला" लिएर आए सुनिल र एलिना

विष्णु ठकुरी

९, कार्तिक २०७७
  • 9.8K
    SHARES
  • दशैँको कोशेली "मसला" लिएर आए सुनिल र एलिना

    काठमाडौं । लोकप्रिय लोकपप गायक सुनिल गिरीको नयाँ गीत मसला सार्वजनिक भएको छ । सुनिल र एलिना चौहानको स्वरमा सजिएको गीतमा पछिल्लो समय चर्चित डान्सर सुधिर श्रेष्ठ, नायिका जेबिका कार्की र हाँस्यकलाकार बुद्धि तामाङको सशक्त अभिनय रहेको छ ।

    images

    सुनिलले दशैँको अवसरमा बजारमा ल्याएको मसलामा नयाँ कलाकार विशाल रेग्मीको पनि अभिनय देख्न सकिन्छ ।नयाँ अनुहारलाई मात्रै आफ्नो गीतमा स्थान दिने गायक गिरीले यसपटक भने चर्चित अनुहारलाई समावेश गरेर आफैंले निर्देशन गरेका छन् ।

    प्रेम रोमान्स र यौन मनोवैज्ञानिक विषयलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको गीतमा भट्टीमा आउने ग्राहकहरु जिस्किंदै गर्ने ब्यबहरालाई देखाइएको छ ।गायक स्वयमकै शब्द, संगीत र एरेन्ज रहेको गीतको भिडियो सुनिलकै कन्सेप्टमा तयार भएको हो । सार्वजनिक गीतको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन् ।विकास दाहालको कलर र सम्पादन रहेको भिडियोको छायांकन चर्चित छायांकार हरि हुमागाईले गरेका हुन् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ९, २०७७ आइतवार - ०६:११:३५ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology