सञ्चारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्ने फिल्मको औपचारिक घोषणा गरिएको छ । सेलिब्रेटी नेपालको ब्यानरमा बन्ने फिल्मको नाम ‘चिलगाडी’ राखिएको छ। फिल्मको लागि केहि हप्ता अघि मुख्य अभिनेतामा नाजिर हुसेनलाई अनुबन्ध गरिएको थियो । नाजिरको अपोजिट नायिकाको लागि रोल सुहाउने अभिनेत्रीको खोजि कार्य भई रहेको निर्माण टिमले जानकारी गराएको छ।
सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुने ‘चिलगाडी’ ले युवा पुस्ताको प्रतिनिधित्व गर्दै विशेष सन्देश समेत बोक्ने छ। फिल्मले नेपाली समाजको कहालीलाग्दो यथार्थलाई प्रस्तुत गर्ने जनाईएको छ । फिल्मको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । निर्देशक समाजका महासचिव समेत रहेका निर्देशक जनकदिप पराजुलीले फिल्मको निर्देशन गर्नेछन। सागर प्रधानले छायाँकन गर्ने फिल्मको अन्य कलाकार तथा प्राबिधिकहरु फाईनल हुन बाँकि रहेको छ।