शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सेयर बजारमा सामान्य सुधार, तीन अर्ब ७५ करोड रूपैयाँको कारोबार

सेयर बजारमा सामान्य सुधार, तीन अर्ब ७५ करोड रूपैयाँको कारोबार

नागरिक पाटी

३, चैत्र २०७७
  • 10.8K
    SHARES
  • सेयर बजारमा सामान्य सुधार, तीन अर्ब ७५ करोड रूपैयाँको कारोबार

    काठमाण्डौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंगलबार सामान्य अंकको सुधार आएको छ। कारोबार सुरु भएदेखि सुधारिन थालेको बजार १२ बजेसम्म बढ्दो अवस्थामा थियो।

    images
    images

    तर १२ बजेपछि विस्तारै ओरालो झर्दै नेप्से परिसूचक १८ अंकसम्म घटेको थियो। फेरी सुधारिँदै २ अंकको सुधार कायम गर्दै बजार बन्द भएको हो। यस क्रममा नेप्सेमा आज जम्मा तीन अर्ब ७५ करोड रूपैयाँको कारोबार भएको छ। यो, हिजो सोमबारको तुलनामा ४९ करोडले कम हो। कारोबार रकम घट्दा आज नेप्सेमा ९० लाख १२ हजार कित्ता सेयर किनबेच भएको छ।

    कारोबार भएका १३ मध्ये सात समूहमा सुधार आउँदा परिसूचक नै २ अंकले बढेको छ। बैंक, होटल र टुरिजम, वित्त, उतपादनमूलक, लघुवित्त, जीवन बीमा र लगानी समूह सुधारिएका छन्।

    यीबाहेक अन्य पाँच समूह घटेका छन्, जसमध्ये आज व्यापार समूह सबैभन्दा बढी ७२ अंकले घटेको छ। बजार बढेको दिन आज चन्द्रागिरीसहित पाँच कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ३, २०७७ मंगलवार - १६:१२:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology